nepal sbi bank limited
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आगामी जेठ ७ गतेदेखि १० बराबर ४ को अनुपात(४० प्रतिशत)मा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
बुधबार बैंकले एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद बिक्रीका लागि निश्कासन हुने भएको स्पष्ट पारेको हो ।
एसबीआई बैंकको ४० प्रतिशत हकप्रदका लागि बैशाख २६ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ बैशाख २५ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र हकप्रद भर्न योग्य हुनेछन् ।
हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको कुल चुक्तापुँजी ६ अर्ब ९७ करोडको उचाईमा पुग्नेछ ।
इच्छुक सेयरधनीले एनएमबी क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय र नेपाल एसबीआई बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago