काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले मुस्ताङको एक विद्यालयका एक छात्रालाई आर्थिक सहयोग गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मुस्ताङको घरपोजङ गाउँपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको हो । 

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी, तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पुग्ने विश्वास गरिएको छ । 

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई सहयोग बापतको चेक हस्तान्तरण गरेका थिए ।