काठमाण्डौ । स्कच ह्विस्की उत्पादक जोनी वाकरमा स्वामित्व रहेको डियाजिओ कम्पनीले जोनी वाकरका बोतलहरुलाई अर्काे वर्षदेखि सतप्रतिशत प्लास्टिकमुुक्त बनाउने जनाएको छ।
कम्पनीले यसलाई दिगो प्याकेजिङतर्फको कदमका रुपमा लिएको जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै अर्को वर्षदेखि जोनी वाकरका बोतलहरु कागजका आधारित हुुने जनाएको छ। कागजका बोतलहरु कम्पनी र भेन्चर म्यानेजमेन्ट कम्पनी पाइलट लाइटको संयुुक्त सहकार्यमा निर्माण गरिनेछ। बोतल निर्माण गर्ने यो व्यवसाय पल्पेक्स लिमिटेडको नाममा विकसित हुुनेछ।
बेलायतमा विगत केही वर्षदेखि प्लास्टिक प्रदूषणका बारेमा व्यापक जनचेतना बढेको छ। बेलायतको वातावरण खाद्य तथा ग्रामीण मामिला विभागले सन् २०१७ मा बेलायतले २.२६ मिलियन मेट्रिकटन प्लास्टिकजन्य प्याकेजिङयुुक्त फोहोर उत्पादन भएको जनाएको छ ।
गत अक्टोबरमा काल्र्सबर्गले पनि कागजको बोतल निर्माणसम्बन्धी अनुुसन्धानको विवरण सार्वजनिक गरेको थियो। त्यस्तै बियर निर्माता हेनइकेनले पनि सन् २०२१ सम्म प्लास्टिकमुुक्त हुुने जनाएको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago