काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । 

यस सेवाबाट बैंकका ग्राहक लगायत एससिटी सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिने छ । यी दुई एटिएमसहित बैंकले जम्मा १४ वटा एटिएमबाट देशका विभिन्न स्थानहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा अन्तराष्ट्रिय कम्पनी भिजासँग आबद्घ भई थप सेवा बिस्तार गर्दैछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरका अनुसार बैंकले आगामी बर्ष पनि अन्य  शाखाहरुमा एटिएम सेवा विस्तार गरी बैंकिङ्ग सेवालाई सहज र सरलिकृत गर्दै लाने योजना रहेको छ । 

राष्ट्रिय स्तरको यस विकास बंैकले देशभर ३२ वटा शाखा सञ्जाल र १ एक्स्टेन्सन काउण्टर मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजना रहेको छ   ।