काठमाण्डौ । धितोपत्र बोर्डले ज्योति विकास बैंक र सहयोगी विकास बैंकलाई उनीहरुले प्रस्ताव गरेको हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।

बोर्डले ज्योति विकास बैंकलाई १ बराबर १ को अनुपात(एकसय प्रतिशत) तथा सहयोगी विकास बैंकलाई १० बराबर ३.५ को अनुपात(३५ प्रतिशत) हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएसँगै राप्तिभेरी विकास बैंकलाई प्राप्तिको सम्झौता गरेको ज्योति विकास बैंकले अब १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड १० लाख ४३ हजार १ सय ७१ को हकप्रद निश्कासन गर्नेछ । सतप्रतिशत हकप्रदको पुजीकरणपछि ज्योति विकास बैंकको चुक्तापुँजी २ अर्ब २० करोडको उचाईमा पुग्नेछ । हाल यो बैंकको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यसैबीच, सहयोगी विकास बैंकले चाहि १ सय रुपैयाँ अंकित मूल्यको ११ लाख १ हजार १ सय ३५ कित्ता सेयर निश्कासन गर्नेछ । ३५ प्रतिशत हकप्रदको पुँजीकरणपछि बैंकको चुक्तापँुजी ४२ करोड ४७ लाखको उचाईमा पुग्नेछ ।