काठमाण्डौ । ज्योति विकास बैंक सतप्रतिशत(१ बराबर १) को अनुपातमा हकप्रद निश्कासनका लागि धितोपत्र बोर्ड पुुगेको छ । 

यो बैंकले हालको चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनका लागि चैत १५ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब १० करोड ४३ लाख १७ हजार १ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको बोर्डले जनाएको छ । 

यो विकास बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १३ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको हाल चुक्तापूँजी १ अर्ब १० करोड रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी २ अर्ब २१ करोडको उचाईमा पुुग्नेछ । 

ज्योति विकास बैंकले हालै राप्तिभेरी विकास बैंकसँग १ बराबर १ सेयर स्वाप रेसियोको आधारमा प्राप्तिको सम्झौता गरेको छ । राप्तिभेरी विकास बैंकको चुक्तापूँजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । यो कम्पनीको बिलयपछि ज्योति विकास बैंकको चुक्तापूँजी २ अर्ब ३५ करोडको हाराहारीमा पुुग्नेछ ।