काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेड र लुम्बिनी विकास बैंक लिमीटेडबीच जेष्ठ ३१ गते रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृते उमेश रेग्मीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँकको ५५ वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप  ५ शाखा संचालनमा आउँदैछन् ।