काठमाण्डौ । ज्योति विकास बैंकले उच्च व्यवस्थापनमा २ नयाँ व्यक्तिलाई नियुक्त गरेको छ । 

बैंकले भदौ १८ गते बैकको नायबमहाप्रबन्धकमा सुशीलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्यलाई नियुक्त गरेको हो । 

सुशीलकुमार शर्माको २३ बर्ष नेपाल एस. बि.आइ. बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब छ । उनी यसअघि एस. बि. आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखाप्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धकसम्मको काम गरेको अनुभब रहेको छ । 

त्यसैगरी रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ ।  ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यसअघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च व्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपूर्ण भूमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योतिबिकास बैकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बिश्वास गरिएको छ ।