काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ । 

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धी विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड  देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र  देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।  

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढी खाताबाट रु. २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १८.८० अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ । 

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्तापूँजी रु ३ अरब १० करोड पुग्नेछ ।