काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेड र काठमाण्डौको धापासीस्थित ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ । 

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई सो अस्पतालका स्वास्थ्य सम्बन्धी विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल. अम्रित खन्नाले हस्ताक्षर गरेका छन् । 

बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र  देखाई यो सुविधाको लाभ लिन सक्ने बताइएको छ ।