काठमाण्डौ । ज्योति विकास बैंकले एकैदिन ५ वटा नयाँ शाखा बिस्तार गरेको छ । 

बैंकले विभिन्न जिल्लाका विभिन्न स्थानमा शाखा बिस्तार गरेको हो । 

बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच माघ १६ गते उद्घाटन गरे ।

त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठले तथा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक वीरगञ्जका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा उद्टघान गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही दिन निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका संचालक नारायणप्रसाद पौडेलले उद्घाटन गरे ।

उदयपुरको त्रियुगा नगरपालिका-११, गाईघाटमा स्थापित शाखाको औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा छ । 

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ ।