काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबार एकैदिन पाँचवटा नयाँ शाखाको उद्घाटन गरी संचालनमा ल्याएको छ । 

बैंक भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो । 

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।

यस्तै, काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त उद्घाटन गरे । 

काठमाण्डौ जिल्लाको  शंखरापुर नगरपालिका वडा नं ६, साँखु बजारमा रहेको नयाँ शाखा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठद्वारा र कीर्तिपुर नगरपालिका वडानम्बर ९, नयाँबजार काठमाण्डौमा रहेको शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त उद्घाटन गरे ।

चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गरेका बैंकले जनाएको छ । 

सो अबसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले सरकारले लिएको नीतिअनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिंदै डिजिटल भुक्तानीतिर अग्रसर हुन आग्रह गरे । उनले बैंकलाई वित्तीय साक्षरता अभिवृद्धिमा समेत ध्यान दिन निर्देशन दिए । 

यी पाँचत शाखासहित बैंकको शाखा संख्या ८५ वटा पुगेको छ ।