काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत निर्जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले चैत १३ गते सगरमाथा इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता गरेको छ । 

त्यस्तो सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंक क्षेत्रीले हस्ताक्षर गरेका हुन् । 

यो सम्झौतापछि ज्योति विकास बैंकका सबै शाखाबाट सगरमाथा इन्स्योरेन्सका बीमालेख प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न र दाबी भुक्तानी गर्न सक्नेछन् । 

बैंकका सबै शाखाबाट सगरमाथाका निर्जीवन बिमा सेवा समेत सहज रुपमा प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।