काठमाण्डौ । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । 

हालै ज्योति विकास बैकले हाम्रो बिकास बैकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरुवात गरेको छ । सो पश्चात ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजार भन्दा बढी, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा रु २३ अर्ब ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्सटेन्सन काउण्टर संख्या २ पुगेको छ । 

बैंकको चुक्तापूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्तापँुजीको हिसाबले देशकै ठूलो विकास बैंक बन्न सफल भएको छ । 

साथै यसै आर्थिक वर्षभित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।