काठमाण्डौ । नेशनल बैंकिङ इन्स्टिच्यूट र ज्योति विकास बैंक बीच इ एक्जामिनेशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सोमबार भएको सो सम्झौता अनुसार एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुका लागि अनलाइन परीक्षा लिनेछ ।

यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृति बसाल्नुका साथै उनीहरुबीच बैंकिङ ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरि आचार्य र नेशनल बैंकिङ ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापाले हस्ताक्षर गरेका थिए ।