काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि आफ्नो सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको वितरणयोग्य जगेडा तथा कोषबाट बैंक सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रसताव गरेको छ ।

बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ । त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी वितरण गर्नेछ ।