काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको मोरङ जिल्ला, बिराटनगर महानगरपालिका ७ रङ्गेली रोडमा रहेको शाखा कार्यालय केही पर सारिएको छ । 

भदौ १९ गतेदेखि सो शाखा कार्यालय साबिकको भन्दा १ सय मिटरको दूरीमा विराटनगर ७ कै जलजलाचौकस्थित रंगेली रोडस्थित भवनमा सरेको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाको उद्घाटन एक कार्यक्रमबीच उद्योग संगठन मोरंगका अध्यक्ष मूकेश उपाध्याय र विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।