काठमाण्डौ । ज्योति  विकास बैंक लिमीटेडले एससिटी डेबिट कार्डलाई प्रतिस्थापन गरी भिजा डेबिट कार्ड प्रचलनमा ल्याएको छ । 

बैंकका अनुसार एससिटी डेबिट कार्डका प्रयोगकर्ताले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्नेछन् ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएको दाबी बैंकले जारी गरेको विज्ञपितमार्फत गरिएको छ । 

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराइरहेको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमै बैंकको  १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । 

हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणीमार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गरेको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्ब ५९ करोड पुग्नेछ ।