काठमाण्डौ । मलेसियाले बंगलादेशी कामदारका लागि रोजगारीको बाटो खुला गर्ने भएको छ। 

बंगलादेशको प्रवासी कल्याण एवं रोजगारमन्त्री इमरान अहमदले यो वर्षको अन्त्यसम्म बंगलादेशीहरुका लागि मलेसियाले आफ्नो रोजगार बजारमा फेरि बाटो खुला गर्नेछ। मलेसियाले विगत ३ वर्षदेखि बंगलादेशी कामदारलाई रोजगार दिने प्रक्रिया बन्द गरेको छ। 

अहमदका अनुसार मलेसिया सरकारले यो विषयमा बंगलादेश सरकारका साथ सम्झौता गर्न रुचि देखाएको छ। आवश्यक प्रक्रिया पूरा गरेपछि अबको १–२ दिनभित्रै सम्झौताको अन्तिम मिति टुंगो लाग्ने उनले जानकारी दिए। 

मलेसियाले बंगलादेशी कामदारहरुका लागि थुप्रै क्षेत्रमा रोजगार खुला गर्नेछ। जसअन्तर्गत वृक्षरोपण, बागबानी, कृषि तथा घरेलु सेवा छन्।

मलेसिया बंगलादेशी कामदारका लागि सबैभन्दा लोकप्रिय गन्तव्य मानिन्छ। सन् १९७६ देखि सन् २०१९ सम्म मलेसियामा करिब १० लाख ५७ हजार बंगलादेशी कामदारले रोजगार पाएका थिए। – एजेन्सी