काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औं सञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । 

आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन र हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन् ।

कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्रबैंक लगायत, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक/एक जना प्रतिनिधि रहेका छन् । 

कम्पनीले हाल सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खिचिएका चेकहरु एनसीएचएल प्रणाली मार्फत र ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली संचालन गर्दै आएको छ ।