काठमाण्डौ । सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गरे ।
सो शाखाको उद्घाटन समारोहमा प्रमुखअतिथिमा सिभिल बैंकका संचालक प्रकाश तायल, बिशिष्ट अतिथिमा प्रदेश नं १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, बिशेष अतिथिमा भद्रपुर नगरपालिका मेयर जिवनकुमार श्रेष्ठ, अतिथिमा भद्रपुर नगरपालिका उपमेयर चन्द्रमाया श्रेष्ठ, कार्यक्रम सभापतिमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुखअतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने कुरा बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago