काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नं २,मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

हल्दीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेककुमार निरौलाले एक समारोहकाबीच हल्दीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

सो समारोहमा हल्दीबारीको शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको थियो ।

हालसम्म सन्राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।