काठमाण्डौ । करिब ८ महिनापछि आइतबार शेयर बजारमा एकैदिन १ अर्ब बढीको शेयर किनबेच भएको छ ।
सन् २०१५ को जुलाई महिनामा एकैदिन १ अर्ब बढीको शेयर कारोबार भएको थियो । त्यसपछि कुनै पनि दिन कारोबार रकम १ अर्ब माथि उक्लिएको थिएन । तर आइतबार भने शेयरबजारमा १ अर्ब बढीको शेयर किनबेच भएको छ ।
कारोबार रकमले ८ महिनाको रेकर्ड ब्रेक गरे पनि नेप्से परिसूचक चाहि ०.८५ को झिनो अन्तरले मात्र उकालो लाग्यो । साताको पहिलो कारोबारको दिन नेप्से १३१८.८८ अंक पुगेर बन्द भयो ।
आइतबार बजार खुल्दा नेप्से परिसूचक १३१८.०८ अंक थियो । त्यसपछि १३२१.५५ विन्दूमा पुगे पनि नेप्सेमा करेक्सन भई बजार बन्द हुँदा झिनो अन्तरको बढोत्तरी मात्र देखियो ।
एकअर्ब बढी कारोबार भएको नेप्से इतिहास
मिति कारोबार रकम(करोडमा)
२०७० माघ १२ १०८.५५
२०७१ असार २२ १५१.३२
२०७१ असार २३ १०४.५०
२०७१ साउन ५ १२०.३१
२०७१ माघ ११ १०८.३३
२०७२ साउन ११ १३०.२०
२०७२ फागुन ३० १००.८३
आइतबार १४ लाख ६० हजार कित्ता शेयर ४ हजार २ सय ९३ वटा कारोबारबाट किनबेच भयो । नेशनल हाइडो पावर कम्पनी लिमीटेडको ३ करोड २६ मूल्यका १ लाख ९१ हजार ८ सय १० कित्ता शेयर किनबेच भयो । यसैगरी, शुक्रबार बसेको संचालक समितिको बैठकबाट ५० प्रतिशत हकप्रद शेयर निश्कासनको निर्णय गरेकै कारण कृषि विकास बैंकको शेयरमा समेत आकर्षण देखियो । बैंकको १ लाख ३३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा ९ करोड ५८ लाख पूँजी परिचालन भयो ।
सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.२६ र ०.०८ अंकले बढे । बैकिंग, होटल र विकास बैंक बाहेक आइतबार सबै समूहको सूचक भने घटेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19