काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से इन्डेक्स  यो दिन ३.०४ अंकले बढेर १ हजार ८७८ विन्दुमा कायम भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचक मध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ । बीमा समूहका दुबै उपसूचकहरु समेत आज बढेका छन् । जीवन बीमा सब–इन्डेक्स ०.१३ प्रतिशत र निर्जीवन बीमा सब–इन्डेक्स ०.८६ प्रतिशतले बढेको छ । 

बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.२७ प्रतिशत अर्थात् १३.८० रुपैयाँले बढेर ४३६ रुपैयाँ पुगेको छ । 
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.२३ प्रतिशतले बढेर ४८१.५० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १.९४% ले बढेर ७२५ रुपैयाँ, नेपाल इन्स्योरेन्सको १.८२% ले बढेर ७४० रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.७७% ले बढेर ४७७ रुपैयाँ, एशियन लाइफको १.७५% ले बढेर सेयरभाउ ६३९ रुपैयाँ पुगेको छ । 

साथै, शिखर इन्स्योरेन्सका १.४० प्रतिशतले बढेर ७२५ रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १.३१ प्रतिशतले बढेर ५०१ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ०.९८ प्रतिशतले बढेर सेयरभाउ ७०८ रुपैयाँ, सूर्यज्योति लाइफको ०.७७ प्रतिशतले बढेर ४९९.८० रुपैयाँ पुगेको छ ।

यसैगरी,नेशनल लाइफको ०.५६ प्रतिशतले बढेर ५४० रुपैयाँ, हिमालयन लाइफको ०.५२ प्रतिशतले बढेर ३९० रुपैयाँ, एलआइसी नेपालको ०.५२ प्रतिशतले बढेर १ हजार ३३१ रुपैयाँ ९० पैसा र रिलायबल नेपाल लाइफको ०.१२ प्रतिशतले बढेर ४०६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०५ प्रतिशत अर्थात् ४.४० रुपैयाँले घटेर ४१३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल लाइफको ०.९३ प्रतिशतले घटेर ६३९ रुपैयाँ, सिटिजन लाइफको ०.७६ प्रतिशतले घटेर ३९१ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ०.६८ प्रतिशतले घटेर ४३६ रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ०.६३ प्रतिशतले घटेर ६१५ रुपैयाँ, आइएमई लाइफको ०.४७ प्रतिशतले घटेर ४६८ रुपैयाँ र नेको इन्स्योरेन्सको ०.३७ प्रतिशतले घटेर ८१५ रुपैयाँ कायम भएको छ । 
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा चार वटा बीमा कम्पनी परेका छन् ।

नेपाल लाइफको ३ करोड २३ लाख, सिटिजन लाइफको १ करोड ३७ लाख, सानिमा जिआइसी इन्स्योरेन्सको १ करोड १६ लाख र रिलायबल नेपाल लाइफको १ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।