काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।
नेप्से इन्डेक्स ५.८३ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्ससमेत आज ०.२३ प्रतिशतले घटेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये इन्भेष्टमेन्ट इन्डेक्स बाहेकका सबै उपसूचकहरु राताम्य छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । लाइफ इन्स्योरेन्स इन्डेक्स ०.४० प्रतिशत र नन–लाइफ इन्डेक्स ०.३६ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कमाउने बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.५१ प्रतिशत अर्थात् १९९ रुपैयाँले बढेर १३ हजार ३५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ०.३२ प्रतिशत अर्थात् २ रुपैयाँले बढेर सेयरभाउ ६३५ रुपैयाँ पुगेको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ०.३२ प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सको ०.२१ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.२१ प्रतिशत र नेको इन्स्योरेन्सको ०.१६ प्रतिशतले बढेको छ ।
साथै आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५४% अर्थात् १२ रुपैयाँले घटेर ४६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको २.०९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६० प्रतिशत, शिखर इन्स्योरेन्सको १.१४ प्रतिशत, हिमालयन लाइफको १.१२ प्रतिशत, एलआइसी नेपालको ०.९२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.८० प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ०.७७ प्रतिशतले सेयरभाउ घटेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.७७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६० प्रतिशत, सलिकोको ०.५३ प्रतिशत, सिटिजन लाइफको ०.५१ प्रतिशत, आइएमई लाइफको ०.४५ प्रतिशत, सन नेपाल लाइफको ०.३६ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको ०.१९ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।
यो दिन सर्वाधिक कारोबार हुने टप १० वटा कम्पनीको लिस्टमा तीन वटा बीमा कम्पनी परेका छन् । सिटिजन लाइफको १ करोड ४८ लाख, रिलायबल नेपाल लाइफको १ करोड २८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19