काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको छ।
डिजिटल कारोबारलाई बढावा दिँदै आएको राष्ट्र बैंकले टक्सार महाशाखामा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाबाट कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन÷स्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु सहटी गर्दा क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने व्यवस्था सञ्चालन गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि टक्सार महाशाखामा सुन–चाँदीका सिक्का खरिद गर्दा नगदमा कारोबार हुने गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago