काठमाण्डौ । पछिल्लो तीन सातादेखि भारतका विभिन्न सहरमा टमाटरको भाउमा अचाक्ली वृद्धि भएको छ। जसका कारण सर्वसाधारणको भान्साको बजेट बिग्रिएको छ। 

स्थानीय लोकलसर्कलको सर्वेक्षणमा टमाटरको खरिद र उपभोगमा रोचक तथ्य बाहिर आएको छ। अहिले ४६ प्रतिशत घरपरिवारले टमाटरका लागि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी तिर्ने गरेको सर्वेक्षणले देखाएको छ। योसँगै १४ प्रतिशत परिवारले टमाटर किन्न छाडेका छन् भने ६८ प्रतिशतले प्रयोगमा कमी गरेका छन्।

गत २४ जुनमा भारतको राजधानी दिल्लीमा टमाटरको मूल्य २०–३० रुपैयाँ प्रतिकिलोबाट बढेर १८० रुपैयाँ पुगेको थियो। कतिपय प्रकारका टमाटरको मूल्य पनि प्रतिकिलो २२० रुपैयाँ पुगेको छ। अन्य सहर र तमिलनाडु र केरलाजस्ता भारतका केही राज्यमा टमाटरको मूल्य प्रतिकिलो १८० रुपैयाँभन्दा बढी छ। कतिपय प्रकारका टमाटर पनि महँगो बिक्री भइरहेका छन्।

उदाहरणका लागि देशी टमाटरको मूल्य भारतका कतिपय सहरमा प्रतिकिलो १८०–२५० रुपैयाँसम्म पुगेको छ। जब कि हाइब्रिड र हरियो प्रजाति सस्तो छन्। कतिपय अनलाइन प्लेटफर्मले हाइब्रिड र हरियो जातका टमाटर १५० देखि १८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन्।

सर्वेक्षणले भारतका ३४२ जिल्लाका नागरिकबाट २२ हजार भन्दा बढी प्रतिक्रिया संकलन गरेको छ। जसमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेका छन्। ४२ प्रतिशत टमाटर १, ३४ प्रतिशत टियर २ र २४ प्रतिशत उत्तरदाता टमाटर ३ र ४ तथा ग्रामीण जिल्लाका थिए। सर्वेक्षण गरिएका उपभोक्तामध्ये ८७ प्रतिशतले टमाटरका लागि प्रतिकिलो १०० रुपैयाँभन्दा बढी तिरेको कुरा पुष्टि गरेका छन्।

प्रतिकिलो १०० रुपैयाँभन्दा बढी तिर्ने घरपरिवारको प्रतिशत जुन २७ मा १८ प्रतिशतबाट बढेर १४ जुलाईमा ८७ प्रतिशत पुगेको छ। सर्वेक्षणमा सहभागी ६८ प्रतिशत घरपरिवारले टमाटरको उपभोग घटाएको बताएका छन् भने १४ प्रतिशतले अहिले प्रयोग गर्न बन्द गरेका छन्।

सर्वेक्षणमा संलग्न १४ प्रतिशत परिवारले टमाटर खान छाडेको तथ्यांकले देखाएको छ। ३५ प्रतिशतले उपभोगमा उल्लेखनीय कमी आएको छ। ३३ प्रतिशतले यसलाई आंशिक रुपमा घटाएका छन् भने १६ प्रतिशतले मात्रै उपभोग सामान्य राखेका छन् र टमाटर किन्न बढी तिरेका छन्। –एजेन्सी