 
                     
                                
                             
                                    काठमाण्डौ । टर्कीएको मुद्रास्फीति दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
त्यहाँको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । 
अर्थशास्त्रीहरुले मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन् ।
अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीएको मुद्रा इतिहासकै कमजोर छ । मुद्रा कमजोर हुनुमा सरकारको अदूरदर्शी नीतिलाई प्रमुख कारण मानिएको छ ।
त्यहाँको मुद्रा ‘लिरा’ निरन्तर कमजोर बनिरहेको छ ।लामो समयदेखिको मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो ।
टर्कीएको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशतसम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत थियो ।
कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भने, ‘मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।’
 
राष्ट्रपति रेसेप तैयप एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैङ्कलाई उधारो लागत घटाउन निर्देशन दिएपछि यो दर बढेको हो ।
 
कतिपय बजार विश्लेषकहरूले मुद्रास्फीतिको श्रृङ्खलालाई बढाउने वर्तमान् समस्याको जडको रुपमा राष्ट्रपति एर्दोगानलाई मानेका छन् ।
राष्ट्रपति एर्दोगानले अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्री र पूर्व वाल स्ट्रीट बैंकर हाफिज गे एर्कनलाई नयाँ केन्द्रीय बैंकमा गभर्नरको रूपमा नियुक्त गरेपछि मुद्रास्फीति नियन्त्रणमा उल्लेख्य कदम चालिएको छैन ।
मुद्रास्फीति लगातार बढ्दै गएकाले ब्याजदर बढाउन अस्वीकार गरेपछि पछिल्लो एक वर्षमा टर्कीएको मुद्रा लिराको मूल्य ४७ प्रतिशतले घटेको छ। मुद्राको मूल्यमा आएको गिरावटले टर्कीएका जनता नराम्ररी प्रभावित छन्।
दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् संकेत गरेका एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गरेका छन् ।मुद्रामा आएको गिरावटसँगै त्यहाँ तलबको मूल्य घट्नुका साथै जीवनयापन लागत नाटकीय रुपमा बढेको छ।
लिराको भाउ न्यून स्तरमा घटेकाले आयात पनि महँगो छ।आकाशिएको महँगी नियन्त्रण अहिले टर्कीएको मुख्य टाउको दुखाइ बनेको छ ।खानेकुरादेखि घरभाडासम्मका अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ ।-एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19