काठमाण्डौ ।सेयर बजारमा यस्ता स्टकहरु हुन्छन् जसले लगानीकर्ताको सम्पत्ति कयौँ गुणा बढाइ रहेका हुन्छन् ।
यस्ता कम्पनीका सेयर खरिद गरेर मालामाल बनेका कयौं उदाहरण धितोपत्र बजारमा देख्न र सुन्न पाइन्छन् ।
लगानीकर्तालाई मालामाल गराउने एउटा यस्तै स्टकको चर्चा छिमेकी देश भारतमा भइरहेको छ । यो स्टक हो भारतीय धनाढ्य व्यापारी रतन टाटाको स्वामित्वमा रहेको कम्पनी टाटा ग्रूपको ट्रेन्ट लिमिटेडको ।
टाटा ग्रूप्र अन्तरगत यो कम्पनीको सेयरले विगत १० वर्षदेखि सेयरधनीलाई निरन्तर मुनाफा दिइरहेको छ । भारतमा यो सेयरलाई लस-प्रुफका रुपमा लिने गरिन्छ ।
यो स्टकमा लगानीगर्ने लगानीकर्ताको सम्पत्ति चालू वित्त वर्षमा मात्रै दुई गुणाले बृद्धि भएको छ । यो सेयरले लगानीकर्तालाई कुनैपनि वर्ष नकारात्मक रिर्टन भने दिएको छैन । कम्पनीको बजारपूँजीकरण यो वर्ष १ लाख करोड भारु पुगेको छ ।
कम्पनीले चालू वित्त वर्षमा १२१ प्रतिशत उच्च प्रतिफल दिएको छ । पछिल्लो छ महिनामा यसका लगानीकर्ताको सम्पत्तिमा ७० प्रतिशत उछाल आएको छ । पछिल्ला तीन वर्षमा यो कम्पनीले ३२८ प्रतिशत मुनाफा दिएको छ ।
त्यस्तै पछिल्लो पाँच वर्षको अवधिमा लगानीकर्ताले ७२१ प्रतिशत प्रतिफल पाएका छन् ।
कस्तो हो कम्पनी ?
टाटा ग्रूपको यो कम्पनी एक खुद्रा बिक्रेता हो। मुम्बईमा रहेको कम्पनी सन् १९९८ मा सुरु भएको थियो। यसले फेसन चेन, बुकस्टोर चेन, ब्रिक र मोर्टार स्टोरलगायत व्यवसाय सञ्चालन गर्दै आएको छ।
सन् २०२३ को अन्त्यसम्ममा कम्पनीका ९० सहरमा २१४ वेस्टसाइड स्टोर छन् भने ११९ सहरमा ३५२ वटा विभिन्न ब्रान्डका खुद्रा स्टोर छन्। विदेशी लगानीकर्ताहरूको टाटा समूहका कम्पनीहरूप्रति विशेष लगाव छ।
जुलाई- सेप्टेम्बर त्रैमासिकमा विदेशी लगानीकर्ताहरूले टाटा ग्रूप अन्तरगतका १६ वटा कम्पनीमध्ये टाटा मोटर्स, टाटा स्टील र टाटा पावर,टीएससी जस्ता १३ वटा कम्पनीहरूमा हिस्सेदारी बढाएका छन्। -एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19