काठमाण्डौ । कमाईको हिसाबले प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै अगाडि देखिएको भारतको अटो कम्पनी टाटा मोटर्सले आफ्ना सबै कर्मचारीको पद खारेजीको घोषणा गरेको छ । 

कम्पनीभित्र रचनात्मक माहौल पैदा गर्न तथा टिमवर्कमा वृद्धि गर्नका लागि यस्तो अहम् घोषणा गरिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

कम्पनीले यो घोषणाबाट कामदारहरुबीच समानताको भावना बलियो बन्नेछ । कम्पनीले खारेज गरेको पदहरुमा जनरल म्यानेजर, सिनियर जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर, भाइस प्रेसिडेन्ट, सिनियर भाइस प्रेसिडेन्ट जस्ता महत्वपूर्ण पद पनि छन् । बुधबार एक निर्देशनमाध्यम टाटा मोटर्सले आफ्ना कर्मचारीहरुलाई पद खारेजी गरिएको र सबै कर्मचारी समान भएको जानकारी दिएको हो । 

कम्पनीले आफ्ना कर्मचारीलाई सम्बोधन गर्दै उनीहरु पद वा पदानुुक्रमको धंगधंगीबाट मुक्त हुन आग्रह गरेको छ । कम्पनीका एक सिनियर एक्जीक्यूटिभलाई उद्धृत गर्दै बताइए अनुसार यो निर्णयबाट टाटा मोटर्सका १० हजार कर्मचारी प्रभावित भएका छन् । नयाँ व्यवस्था अन्तरगत टिमका सबै म्यानेजरहरुलाई हेडको दर्जा दिइनेछ । उसको नामपछि उसले सम्हाल्ने विभागको नाम दिइनेछ र यही कारण मेनेजर अब एक हिसाबले टिमको हेडको रुपमा चिनिनेछन् । यस अलावा सबैभन्दा तल्लो स्तरमा काम गर्ने कर्मचारीको नामको पछाडि समेत उसको विभाग जोडिनेछ । 

टाटा मोटर्स मात्र होइन, वितेका केही वर्षमा अन्य कयौं कम्पनीहरुले समेत यस्तो प्रयोग गरिसकेका छन् । कतिपयले १४ लेभलको वरिष्ठता क्रमलाई घटाएर ५ लेभलसम्म पनि झारेका छन् । 

टाटा मोटर्सका एचआर प्रमुख गजेन्द्र एस चन्देल इकोनोमिक टाइम्ससँग भनेका छन्–‘कर्मचारी भन्दा धेरै पदहरु भइसकेका थिए । यसकारण यो विसंगतिलाई समाप्त पार्ने हामीले निर्णय गरेका हौ ।’ यो निर्णयबाट टाटा मोटर्सका कर्मचारीहरुको कार्य संस्कृतिमा आमूल सुधार हुने कम्पनीले आशा गरेको छ ।