काठमाण्डौ । भारतको हरियाणास्थित प्रहरीले एउटा ठूलो आर्थिक चलखेलको पर्दाफास गरेको छ ।
प्रहरीले एयर इन्डिया कम्पनीको नाममा भएको ठगीको ठूलो घटनाको खुलासा गर्दै आरोपीलाई पक्राउ गरेको हो ।
ती अभियुक्तले सन् २०२१ मा चलाखीपूर्ण ढंगले एयर इन्डियाको टिकट बुकिङको नाममा १ करोड भारु ठगी गरेका थिए ।टिकट बुकिंगको नाममा जम्मा भएको रकम मध्ये ती अभियुक्तले उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियालाई टिकट बुकिङ र ग्राहक सेवा प्रदान गर्ने आईजीटी सोलुसन प्राइभेट लिमिटेड कम्पनीमा कार्यरत ती कर्मचारीले टिकट बुकिङबाट प्राप्त भएको उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेका थिए ।
कम्पनीका प्रबन्धकले साइबर क्राइममा दिएको उजुरीमा केही ट्राभल एजेन्टले आफ्नो कम्पनीको युजर आइडी र पासवर्ड प्रयोग गरी ठगी गर्ने षड्यन्त्र गरेको उल्लेख छ ।
यसरी भयो १ करोडको ठगी
टिकट बुकिङ, ग्राहक सेवा र कल सेन्टरबाट रकम फिर्ता गर्ने कम्पनी आईजीटी सोलुसन्स प्राइभेट लिमिटेडका प्रबन्धकले एयर इन्डियाको टिकट बुकिङको नाममा करिब १ करोड रुपैयाँको ठगी भएको बताए ।
तर टिकट बुकिङका लागि ग्राहकले तिरेको रकम कम्पनीको खातामा ट्रान्सफर भएको छैन । अन्य केही व्यक्तिले यो ठगी गरेको आशंका पनि कम्पनी व्यवस्थापनले व्यक्त गरेको छ ।
उक्त घटनाका मुख्य आरोपी रोशन मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको छ ।सोधपुछका क्रममा आरोपी मिश्रले कम्पनीमा सेवारत रहँदा एयर इन्डियाको टिकट बुकिङ गरेको र कम्पनीको खातामा पैसा जम्मा गर्नुको सट्टा आफ्नै खातामा ट्रान्सफर गरेको स्वीकार गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago