काठमाण्डौ । सनराइज बैंक लिमीटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ ।
शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो नगद सहयोग गरेको हो ।
टिच फर नेपालले गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।
सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका थिए ।
समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछकुमार यादव, नायव महाप्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19