काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र टेस्ला डाइग्नोस्टिक क्लिनिक, बालुवाटारबीच बैंकका ग्राहकहरुलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा टेस्ला डाइग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट सहायक नायव प्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरे ।
यो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाइग्नोस्टिक क्लिनिक, बालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमाआधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago