काठमाण्डौ । पछिल्लो समय शाखा बिस्तारमा आक्रामक बनेको प्राइम कमर्सियल बैंक लिमीटेडले एकैदिन काठमाण्डौको टोखामा दुईवटा नयाँ शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ । 

बैंकले टोखाकोको ग्राण्डी र बानियाँटारमा दुई नयाँ शाखाको औपचारिक उद्घाटनसँगै कारोबार थालेको हो । 

एक समारोहका बीच ग्राण्डी शाखाको बैंकका संचालक नरेन्द्र बज्राचार्य तथा बानियाँटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो । 

यी दुईसहित बैंकहरुको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।