Photo : Reuters
न्यूयोर्क, संयुक्त राज्य अमेरिका (रासस/सिन्ह्वा) । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बन्नुभयो ।
अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सक्नुभएको छैन । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।
कर कटौती विधेयकका विषयमा वर्तमान् राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा हस्ताक्षर गरी कानूनको कार्यान्वयनको लागि पठाइएको छ । यसलाई लिएर उहाँको प्रशंसा तथा आलोचना दुबै बराबर देखिएको छ । करसम्बन्धि कानून ठूला व्यापारिक प्रतिस्ठान तथा धनीलाई उपहारको रूपमा रहेको बताइन्छ । यसले औषत अमेरिकीलाई भने थोरैमात्र प्रभाव पार्ने अनुमान गरिएको छ ।
अमेरिकी शहर सान फ्रान्सिस्कोमा एक बैंकमा कार्यरत मुन ट्रोउङले भन्नुभयो, “करसुधार सम्बन्धि कानूनले बित्तीय संस्थालाई सहयोग पुगेको छ । कानून कार्यान्वयनमा आएसँगै बैंकले म र म जस्ता कामदारलाई थप एक हजार अमेरिकी डलर बोनस दिएको छ ।” कानूनले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेमा शङ्का छैन ।
करसुधार नीति अन्तर्गत कर्पोरेट करदरलाई ३५ प्रतिशतबाट घटाएर सन् २०१८ देखि २१ प्रतिशतमा झारिएको छ ।
ट्रम्पको नीतिले अमेरिकी धितोपत्र बजारमा तीब्र वृद्धि भएको र वेरोजगार दर घटेर गएको न्यूयोर्कका वित्तीय परामर्शदाता सान्डन के साफियरले बताउनुभयो । ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा पलाएको उहाँ बताउनुहुन्छ ।
ट्रम्पका सहयोगीले उहाँको निर्वाचनका समय गरेका प्रतिवद्धताप्रति राष्ट्रपति सचेत रहेको बताएका छन् । उहाँले घोषणा गरेका कार्यक्रमबाट फाइदा प्राप्त गर्ने केहीले भने एक बर्षमा केही सुधारका काममा शुरुभएको बताउछन् ।
कोलोराडोका एक सफल कृषक काइल स्मिथले भन्नुभयो, “मलाई ट्रम्पले धेरै राम्रा कामको थालनी गर्नुभएको जस्तो लाग्छ ।”
ट्रम्पको पहिलो बर्ष निकै सफल भएको बताउँछन् ग्रिलीका पशु फार्मका एक कर्मचारी जो न्यूटनले भन्नुभयो, ट्रम्पले हाम्रा उद्योगमा सुधारका लागि निकै सहयोग पु¥याउनुभएको छ । उहाँले कोइला उद्योग क्षेत्रमा पनि ट्रम्पको कार्यकालमा सुधार आएको बताउनुभयो । ट्रम्प अमेरिकाको यस ग्रामिण क्षेत्रमा निकै प्रसिद्ध बन्नुभएको छ ।
एक साना व्यवसायी ट्रेसी पार्कर भन्नुहुन्छ, “म उहाँको प्रशंसक हुँ । यो ट्रम्पको कार्यक्षेत्र हो र सञ्चारमाध्यमले के भन्छन् त्यो महत्वको कुरा होइन । हामी उहाँको पक्षमा शतप्रतिशत लाग्छौँ।”
अमेरिकी पेनसिल्भानिया विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक एभेरी गोल्स्टेनले एक बर्षको गतिविधि लेखाजोखा गर्दै भन्नुभयो, “मैले ट्रम्पलाई राष्ट्रपति रूपमा पहिलो बर्षभरी आजको आदर्श अमेरिकी राज्यमा कल्पना गरिनेभन्दा अनपेक्षित रूपमा विभाजित पाएँ । म यसबाट निकै दुखित छु किनकी अमेरिकी नीति पनि दिशाबिहीन बनेको छ । ”
गाल्स्टेनले सिन्ह्वा न्यूज एजेन्सीलाई शुक्रबार दिएको लिखित अन्तवार्तामा भन्नुभयो, “ अहिलेसम्म जे देखियो त्यसले अमेरिकी सुधारका लागि नाटकीय कदम चाल्ने भनी निर्वाचन पहिले र सत्तामा आएपछि घोषणा भएका खतरनाक शब्दालङ्कारबाहेक केही देखिएन ।”
अमेरिकी जनता, जसले निर्वाचन पहिले वर्तमान् राष्ट्रपति ट्रम्पलाई जसरी हेर्थे उनीहरूमा परिवर्तन आएको छैन । अर्थात् ट्रम्पको विपक्षमा मतदान गरेका अमेरिकी जनताले उहाँ राष्ट्रपति भएपछि पनि उहाँलाई हेर्ने दृष्टिकोणमा उहाँले घोषणा गरेका कार्यक्रमबाट डिमोक्रेटिक पार्टीको मजबुत मताधार क्षेत्र मानिएको न्यूयोर्कमा नागरिकहरू वेखुशी मात्र होइन क्रोधित नै छन् ।
करिब ५० बर्षीय न्यूयोर्कवासी जानेट भन्नुहुन्छ, “उहाँ (ट्रम्प)ले शसक्त नयाँ कार्यक्रममा भन्दा पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएका नीति तथा कार्यक्रम उल्टाउनेमा सकेसम्म उद्दत देखिनुभयो ।”
“उहाँले कुनै महत्वपूर्ण कानून निर्माण गर्न सक्नुभएन । उहाँ विवादास्पद मात्रै देखिनुभयो ।”
नेतृत्व सम्हालेका दिनदेखि आएका उहाँका ट्वीट सन्देशले आफ्ना आशय व्यक्त गर्ने र वासिङ्टन तथा सार्वजनिक वृत्तमा तरङ्ग फैलाउने बाहेक केही नभएको बताउने पनि धेरै रहेका बताइन्छ ।
हस्टनका व्यवसायी एली गोन्जालेजले भन्नुभयो, “मेरो विचारमा ट्रम्पले अनावश्यक धेरै ट्वीट गर्नुभयो र त्यसैका कारण पनि उहाँ बढी विवादमा फस्नुभयो । मेरो विचारमा अब उहाँले ट्वीटर लेख्न मात्र कम गर्नु भयो भने कम विवादित हुनुहुनेछ । ”
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19