काठमाण्डौ । यो वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा रोजगारी बढाउने, गरीबी अन्त गर्ने, र अपराधमा कमी ल्याउने जस्ता योजना सुनाएका थिए । जनतामा आत्मविश्वास बढिरहेको र देश समृद्धिको मार्गमा तीव्र गतिमा बढिरहेको उनले बताएका थिए । 

ट्रम्प अमेरिकाको २१.४४ ट्रिलीयन डलरको अर्थव्यवस्था देखेर ज्यादै उत्साहित देखिएका थिए । उनले अमेरिकाको कायापलट हुुने कुुरा गरिरहँदा चीनमा कोरोनाबाट मृत्युु हुुनेको संख्या ५०० पुुगिसकेको थियो भने हजारौं मानिस संक्रमित भइसकेका थिए । तर, अमेरिकामा भने कोरोनाको प्रभाव न्यून थियो । अमेरिकी सेयर बजारले नयाँ उचाइ छोएको पनि धेरै समय भएको थिएन । बेरोजगारी दर पनि ३.६ प्रतिशतका साथमा ५० वर्षको आफ्नो न्यूनतम बिन्दुुमा पुुगेको थियो । अमेरिकाले चीनसँग आफ्नो मैत्री सम्बन्धमा २०० अर्ब डलर सम्झौता गरेको थियो । यसका साथै बौद्धिक सम्पत्ति कानूनलाई पनि बलियो बनाएको थियो । 

तर, यी परिदृश्य देखिएका डेढ महिनापछि आज जुन अवस्था देखिँदैछ त्यो बिल्कुुलै फरक छ । अमेरिकामा कोरोनाबाट मृत्युु हुनेको संख्या १००० बढी पुुगिसकेको छ भने संक्रमितको संख्या पनि ६८ हजार बढी पुगिसकेको छ । यो आँकडा अझै बढ्ने क्रममा रहेको छ । 

अर्थव्यवस्थामा पर्ने असर भयानक
अमेरिकामा यतिबेला व्यापार, स्कूल, खेलकुुद सबै बन्द अवस्थामा रहेका छन् । आर्थिक गतिविधिहरु ठप्प भएका छन् । सेयर बजारको अवस्था दयनीय भएको छ । सडकहरु खालि छन् । हवाई सेवा र रेल सेवा सबै बन्द छन् । 

अर्थतन्त्र धरासायी भएको छ । लगानीकर्ताहरु यस्तो विषम परिस्थितिको सामना पहिले कहिल्यै गर्नुु नपरेको बताइरहेका छन् । लगानीकर्ताहरु अमेरिकाले करीब ४ ट्रिलीयन डलर घाटा व्यहोर्ने र यसले धेरैजसोलाई बर्बाद गर्नसक्ने अनुुमान लगाइरहेका छन् । 

जब वेभसाइट करियर बिल्डरको सन् २०१७ को सर्वेक्षण अनुुसार ७८ प्रतिशत अमेरिकी कामदारहरु आफ्नो आवश्यकता पूरा गर्न प्रत्येक महिना पाइने पे–चेक मा निर्भर रहने गर्दछन् । प्रत्येक चारमध्ये एक कामदार हर महिना कुुनै पनि प्रकारको बचत गर्दैनन् । यो सर्वेक्षणका अनुुसार करिब चारमध्ये तीन कामदार ऋणमा डुुबेका छन् र आधाभन्दा धेरै दैनिक मजदुुरी गर्ने मजदुर आफ्नो आवश्यकता पूरा गर्न एकभन्दा बढी काम गर्ने गर्छन् ।

यदि अमेरिकाका ठूला बैंक र कम्पनीहरुलाई आधार मान्ने हो भने अब आउने दिनमा अमेरिकाको अर्थतन्त्रमा पर्ने सम्भावित असर धरै नै भयानक हुुने देखिन्छ । 

गोल्डम्यान स्याक्सका अर्थशास्त्रीहरुले कोरोनाले अमेरिकाको अर्थतन्त्रमा मन्दी छाउनसक्ने अनुुमान लगाएका छन् । 

जीडीपीको पहिलो त्रैमासमा ६ प्रतिशतको गिरावटपछि दोस्रो त्रैमासमा २४ प्रतिशतको भारी गिरावट आउने अनुुमान अर्थशास्त्रीहरुले लगाएका छन् ।