काठमाण्डौ । आज शुक्रबार(असोज १६ गते) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको पृष्टि भएपछि त्यसको प्रभाव अमेरिकी अर्थतन्त्र लगायत विश्वका अन्य क्षेत्रमा समेत देखिएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएसँगै तेलको मूल्यमा गिरावट आउनुका साथै सेफ हेभनका रुपमा रहेको जापानिज येन डलरको तुलनामा बलियो बनेको छ ।
इन्टरनेशनल बेञ्चमार्क बे्रन्ट क्रूड फ्युचर्स २.४२ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ३९.९४ डलर कायम भएको छ । यस्तै युएस क्रूड फ्युचर्स पनि २.४३ अंकले संकुचित बन्दै प्रतिब्यारेल ३७.७८ मा सीमित बनेको छ ।
यसका साथै क्षेत्रीय तेल कम्पनीको सेयरको मूल्यमा पनि गिरावट आएको छ । अष्ट्रेलियाको बिच इनर्जीको सेयरमूल्यमा ६.३७ प्रतिशतको गिरावट आएको छ भने सन्तोषको सेयरमूल्य पनि ५.४७ प्रतिशतले घटेको छ । जापानको इन्पेक्सको सेयरमूल्य पनि ३.०७ प्रतिशतको गिरावट आएको छ ।
सेभ हेभनका रुपमा मानिने जापानिज येन, ट्रम्पको संक्रमण्को खबरले गर्दा प्रतिडलरको तुलनामा १०५.१७ कायम भयो । यसअघि प्रतिडलरको तुलनामा जापनिज येन १०५.६६ रहेको थियो ।
यसका साथै अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स २०० पनि १.३९ अंकले घट्यो । जापानको निक्केई २२५ मा ०.६७ र टोपिक्स इन्डेक्समा १ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै सिंगापूरको स्टेटस् टाइम्स इन्डेक्स पनि ०.२ प्रतिशले घटेको छ । जापानको एमएससिआई एशिया एक्स जापान इन्डेक्स ०.२३ प्रतिशले ओरालो लागेको छ ।
चीन, हङकङ, ताइवान, दक्षिण कोरिया र भारतको सेयर बजारहरु आज शुक्रबारका दिन बन्द भएकाले ट्रम्पको संक्रमणको खबरले त्यहाँका बजारमा प्रभाव देखिएन ।
-एजेन्सीहरुको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago