getty Image
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झण्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ।
सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई मानवतावादी कार्यक्रम अन्तर्गत अमेरिकामा बस्न र काम गर्न पाउने अस्थायी अनुमति दिइएको थियो।
तर अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले साल्भाडोरमा उतिबेला जस्तो बसोवासका लागि समस्या अब नरहेको भन्दै उनीहरूले आगामी १८ महिनाभित्र अमेरिका छोड्नुपर्ने बताएको छ।
त्यसरी अनुमति लिएर बस्नेहरू खासगरी वाशिङ्टन डीसी वरपर र टेक्सस, क्यालिफोर्निया राज्यमा बढी छन्।
अस्थायी रुपमा बस्न पाउने अनुमति लिएर अमेरिका प्रवेश गरेका साल्भाडोरका दुई लाख मानिसले अब सन् २०१९ को सेप्टेम्बर ९ सम्म अमेरिका बस्न पाउनेछन्।
त्यसपछि भने देश निकाला हुनुपर्ने वा उनीहरूले अन्य कुनै कानूनी बाटो खोज्नुपर्नेछ।
ट्रम्प प्रशासनले यसअघि नै हेइटी र निकारागुआका उस्तै खालको अस्थायी अनुमति पाएर अमेरिका बस्दै आएका दशौँ हजार मानिसको त्यस्तो अनुमति रद्द गरिसकेको छ।
झण्डै दुई दशकअघि साल्भाडोरका मानिसहरूले पाएको उक्त अनुमति सोमवार सकिँदै थियो।
ट्रम्प प्रशासनको यो निर्णयले थुप्रैले आफ्ना परिवारसँगको बिछोड सहन बाध्य हुनेछन्।
यो कदमले अमेरिकामा साल्भाडोरका ती मानिसहरूबाट जन्मिएका बच्चाहरूको भविष्यबारे पनि प्रश्न उठाएको छ।
उनीहरू पनि देश निकालाको खतरामा छन्।
-BBC
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19