काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ ।
प्राधिकरणले आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहनेछ ।
प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ । प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए ।
यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago