काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल गरेको १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको ब्याजदर एकल अंकमा कायम भएको छ।
केन्द्रीय बैंकले भोलि मंगलबार जारी हुने २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल आज गरेको थियो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार २८ दिने ५ अर्ब रुपैयाँको ट्रेजरीमध्ये राष्ट्र बैंकले २ अर्ब ९ करोडको ट्रेजरी खरिद गरेको छ भने २ अर्ब ९ करोडको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन्। यसमा ७ बैंक तथा वित्तीय संस्थाले ३२ वटा आवेदनमार्फत ५ अर्ब १६ करोडको लागि बोलकबोल पेश गरेका थिए। जसमा औसत ब्याजदर ७.२१४५ प्रतिशत कायम भएको छ।
यस्तै ९१ दिने ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाहरुले नै औसत ९.३०८१ प्रतिशत ब्याजदरमा नवीकरण गरेका छन्। यसमा १७ बैंक तथा वित्तीय संस्थाले ६५ वटा आवेदनमार्फत ८ अर्ब ७० करोडको लागि बोलकबोल पेस गरेका थिए।
त्यसैगरी केन्द्रीय बैंकले ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाले औसत ब्याजदर ९.६६९१ प्रतिशतमा स्वीकार गरेका छन्। यसमा २३ बैंक तथा वित्तीय संस्थाले १२८ वटा आवेदनमार्फत १७ अर्ब १६ करोडको लागि बोलकबोल पेस गरेका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19