 
                     
                                
                             
                                    – रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याजदर इतिहासकै उच्च विन्दुुमा पुुगेको छ।
गत सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९% ब्याज प्रस्ताव गरेका हुन्। यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१% र ९१ दिनका लागि ९.९८०१% सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद गरेका थिए।
राष्ट्र बैंकले मंगलबारदेखि जारी गरेको २८ दिनका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको गरी कुल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकोमा बैंकहरुले १३.९९% सम्म ब्याज लिने गरी खरिद गरेका हुन्।
यसरी ट्रेजरी बिलको उच्च ब्याजका कारण सम्रग बैंकिङ प्रणालीमा तरलताको चरम अभाव हुनुुका साथै ब्याजदर पनि बढ्ने जानकारहरु बताउँछन्। कतिपयले भने ट्रेजरीको ब्याज बढ्दैमा बैंकको ब्याज नबढ्ने तथा सीडी रेसियोमा पनि ट्रेजरी बिल गणना गर्न मिल्ने भएकोले बैंकहरुले ट्रेजरी बिल खरिद गरेको बताउँछन्।
ट्रेजरी बिलको ब्याजदर डबल डिजिटमा भएको आफूले पनि पहिलोपटक देखेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। एउटा मिनिमम लेभलको सरकारी सेक्युुरिटिज होल्ड गर्नुपर्ने बाध्यताले बैंकहरुले ट्रेजरी बिल खरिद गर्ने उनको भनाइ छ। ‘मैले पनि पहिलोपटक ट्रेजरी बिलको ब्याज डबल डिजिटमा पुुगेको देख्दैछुु’, उनले भने ‘ट्रेजरी बिल भनेको सरकारी सुुरक्षित सेक्युुरिटिज भएकाले यसमा बैंकहरुले लगानी गर्नैपर्ने बाध्यता हुन्छ, त्यसैले जतिसुुकै कस्ट परे पनि बैंकहरुले उच्च ब्याजदरमा ट्रेजरी बिल खरिद गरेका हुन्।’
अर्कोतर्फ ट्रेजरी बिलको ब्याज बढ्नुु भनेको मार्केट इन्ट्रेस्ट रेट माथि जाँदैछ भन्ने संकेत रहेको पोखरेलको भनाइ छ। ‘चालु आर्थिक वर्षको मौद्रिक नीति र हिजोमात्र सार्वजनिक भएको अपेक्षित मुुदास्फीति सर्वेक्षणको रिपोर्टले पनि ब्याजदर माथि जाँदैछ भन्ने इंगित गर्छन्’, उनले भने।
सहप्रवक्ता पोखरेल ट्रेजरीको ब्याज बढ्दा उपभोक्ताको वस्तुु तथा सेवाको मागमा कमी आउने र उपभोग पनि कम हुने बताए। ‘यसका साथै सम्रग आयातमा पनि कमी आउनेछ’, उनले भने।
ट्रेजरी बिलको ब्याज बढ्दा सरकारलाई नै भार पर्ने एक बैंकर बताउँछन्। ‘यसको सीधा भार सरकारलाई पर्छ, सरकारको बरोइङ लागत बढ्दै जान्छ’, ती बैंकरले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको इन्भेस्टमेन्ट इन्कममा पोजेटिभ इम्प्याक्ट पर्छ।’
यता साइन रेसुुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट ट्रेजरी बिलको ब्याजदर बढ्दैमा बैंक ब्याजदर बढिहाल्छ भन्ने नहुुने बताउँछन्। ‘आयातमा कडाइ गर्न पनि ट्रेजरी बिलको ब्याजदर बढाइएको हुन सक्छ’, उनी भन्छन्, ‘यही कारणले बैंकको ब्याजदर बढिहाल्छ भन्नु अलि हतार हुन्छ, किनकि डलरको बिडिङ पनि केही समयअघि १८ प्रतिशतसम्म भएको थियो।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19