काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ट्रेजरी बिल बैंक तथा संस्थाहरुले नै खरिद गरेका छन्।
राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी सोमबार बोलकबोलमा ल्याएकोमा मंगलबार जारी गरिएको छ। जुन बैंक तथा वित्तीय संस्थाले मात्रै नवीकरण गरेका हुुन्।
यसपटकको ट्रेजरीमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन। राष्ट्र बैंकले असोज २५ गते परिपक्व हुुने गरी २८ दिनका लागि ५ अर्ब रुपैयाँ र मंसिर २७ गते परिपक्व हुने गरी ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी छ।
राष्ट्र बैंकका अनुुसार २८ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५६ वटा आवेदनमार्फत ११ अर्ब ६५ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ८.६९८९ प्रतिशत, अधिकतम ८.९४०१ प्रतिशत र औसत ८.७८५९ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै ९१ दिने ट्रेजरी खरिदका लागि १५ बैंक तथा वित्तीय संस्थाले ७९ वटा आवेदनमार्फत ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम ८.८९०१ प्रतिशत, अधिकतम ९.२२०१ प्रतिशत र औसत ९.११०१ प्रतिशत ब्याजदर कायम भएको छ।
गत साउन १० गतेको ट्रेजरीमा बैंकहरुले झन्डै १४ प्रतिशतसम्म ब्याज मागेकोमा राष्ट्र बैंकले हस्तक्षेप गर्दै आएको थियो। हाल एकल विन्दुमा ब्याजदर हुँदा पनि पनि राष्ट्र बैंकले बीच–बीचमा सोही कार्यलाई निरन्तता दिदैँ आएको छ। राष्ट्र बैंकले हालसम्म आउँदा १० पटक ट्रेजरी बिल खरिद गरिसकेको छ।
त्यसैगरी सोमबारमात्रै २२ बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट ३३ अर्ब ८ करोड रुपैयाँ एसएलएफ सुुविधाबापतको सापटी लिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago