काठमाण्डौ । एलन मस्कले ट्विटर प्रमुखको पदभार ग्रहण गरेदेखि नै ट्विटरमा धेरै परिवर्तन भइरहेका छन्। 

कम्पनीको फाइदा चाँडोभन्दा चाँडो प्राप्त गर्ने उद्देश्यले मस्कले एकपछि अर्को धेरै ठूला निर्णय लिएका थिए। यसमा ट्विटरका कर्मचारीलाई हटाउनुका साथै ट्विटर ब्लु टिकका लागि ८ निर्णय समावेश छ। तर, सायद मस्कले यी निर्णय कार्यान्वयन गर्न हतार गरे र ग्राउन्ड वर्क कार्य गर्न बिर्सिए। 

यिनै कारणले गर्दा औषधि निर्माता कम्पनी एली लिलीले मस्क बिनातयारी ८ डलरको ब्लु टिक्स चार्जबाट ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। 

एली लिली एक अमेरिकी औषधि कम्पनी हो। जसले इन्सुलिन उत्पादन गर्छ। कम्पनीसँग @LillyPad नामको भेरिफाइड अकाउन्टा छ। तर, कसैले ८ डलर दिएर @EliLillyandCo ह्यान्डल भएको ब्लु टिक प्राप्त गर्न सफल भए। त्यसपछि निःशुल्क इन्सुलिन दिने घोषणा गरियो। निः शुल्क इन्सुलिनका बारेमा ट्विट चाँडै भाइरल भयो। 

यो घोषणाले एली लिली कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएको छ। यसबाट कम्पनीलाई १५ अर्ब डलर (करिब १९ खर्ब ५० अर्ब रुपैयाँ)नोक्सान भएको छ।
ट्विटरले अमेरिकासहित धेरै देशमा ट्विटर ब्लु सब्सक्रिप्सन लागू गरेको छ। यसअन्तर्गत ८ डलर लिएर निलो टिक दिइनेछ। तर, यसको फाइदा उठाउँदै धेरै फेक अकाउन्टले ब्लु 
टिक पनि लिएका छन्। ट्विटरले डोनाल्ड ट्रम्प, पेप्सी, नेस्ले नामका धेरै नक्कली ट्विटर ह्यान्डल प्रमाणित गरेको छ। 

हतारमा लिइएको यो निर्णयलाई एलन मस्कले हाल रोकेका छन्। यसका साथै धेरै नक्कली प्रमाणित ट्विटर ह्यान्डलहरु निलम्बित गरिएको छ। तर, त्यतिन्जेल सायद धेरै ढिलो भइसकेको छ। 

यो घटनाले हतारमा लिइएको निर्णय हानिकारक हुन सक्छ भन्ने प्रमाणित पनि भएको छ। –एजेन्सी