काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किनेर एकपछि अर्को ठूलो निर्णय लिइरहेका छन्।
यसैबीच मस्कले मंगलबार राति ट्विटरमा भेरिफाइड अकाउन्टहरुका लागि शुल्क तोकेका छन्। मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका छन्। आफ्नो ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले भनेका छन्, ‘अब प्रयोगकर्ताहरुले ब्लु टिकका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ। देशअनुसार शुल्क फरक पनि सक्छ।’
मस्कले ब्लु सब्सक्रिप्सनअन्तर्गत जनताले के–के सुविधा पाउँछन् भन्ने पनि खुलाएका छन्।
यस्ता छन् सुविधा
रिप्लाई, मेन्सन र सर्चलाई प्राथमिकता दिइनेछ। मस्कका अनुसार यी सुविधाका कारण स्प्याम र स्क्यामलाई रोक लगाइनेछ।
ट्विटर ब्लु सदस्यताअन्तर्गत प्रयोगकर्ताले अब लामो भिडियो र अडियो पोस्ट गर्न सक्नेछन्। सामान्य प्रयोगकर्ताको तुलनामा ट्विटर ब्लुका ग्राहकले आधा विज्ञापनहरु हेर्न पाउनेछन्।
मस्कले यो पनि भनेका छन् कि यदि पब्लिसरहरुले ट्विटरसँग सम्झौता गरे भने ट्विटर ब्लु ग्राहकहरुले सशुल्क लेखहरु पनि निःशुल्क पढ्न सक्छन्।
मस्कका अनुसार ट्विटर ब्लु सब्सक्रिप्सनका कारण ट्विटरको राजस्व बढ्नेछ र कन्टेन्ट क्रिएटरले पनि पुरस्कार पाउनेछन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19