काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विटरमा हुने परिवर्तनका बारेमा अर्को नयाँ जानकारी दिएका छन्। उनले छिट्टै ट्विटरमा थप धेरै शब्द लेख्न छुट दिने घोषणा गरेका हुन्। 

मस्कले ट्विट गर्दै लेखेका छन्, ‘ट्विटरले चाँडै ट्विटका लागि लामो फम्र्याटको टेक्स्ट सुविधा दिइनेछ। यसले नोटप्याड स्क्रिनसटहरुको समस्या समाधान गर्नेछ।

अहिले ट्विटरमा २८० अक्षरभन्दा बढी लेख्न पाइने सुविधा छैन। तर, यो परिवर्तनपछि अब लामो टेक्स्ट लेख्न सम्भव हुनेछ। 

ट्विटरमा सबै प्रकारका सामग्रीका लागि क्रिएटर मोनेटाइजेसन पनि दिइने मस्कले घोषणा गरेका छन्। यसको मतलब ट्विटरमा मानिसहरुले सबै प्रकारका सामग्रीबाट विज्ञापनमार्फत पैसा कमाउन सक्षम हुनेछन्।

एलन मस्कले ट्विटर खरिद गरेपछि धेरै परिवर्तन काम गरिरहेका छन्। उनले सबैभन्दा पहिले ट्विट एडिट गर्ने सुविधा दिने कुरा गरेका थिए। यो सुविधा मस्कले ट्विटर किन्नुअघि नै सीमित रुपमा दिइएको थियो।

त्यसपछि ट्विटरमा ब्लु टिकको शुल्क तिर्न नयाँ नियम बनाइएको छ । यसका लागि मस्कले आलोचना पनि खेप्नुपरेको छ। 

ट्विटरले केही देशमा आईओएस डिभाइसहरुमा मात्र ब्लु टिकिङ सेवा सुरु गर्ने कम्पनीले जनाएको छ। ट्विटरमा ब्लु टिकका लागि मानिसले हरेक महिना ८ डलर तिर्नुपर्नेछ । –एजेन्सी