काठमाण्डौ । टेक जगतको तेस्रो ठूलो ट्विटर डिल विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कका लागि लाभदायक सम्झौता हुन सकेको छैन। उनको सम्पत्तिमा आएको गिरावटले यही संकेत गरिरहेको छ। 

हाल मस्कको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल झरेको छ। सात महिनामा टेस्लाका सीईओको सम्पत्तिमा ७० अर्ब डलरको ठूलो गिरावट आएको छ।

ट्विटरको कमान्ड सम्हालेपछि मस्कले कम्पनीमा कर्मचारी कटौती र नयाँ अर्डरका साथ जुन गतिमा परिवर्तन गरिरहेका छन्, त्यही गतिमा उनको सम्पत्ति पनि घटिरहेको छ। सन् २०२२ मा विश्वका धनीव्यक्तिको सम्पत्ति निकै तल झरेको अवस्था छ।

मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको पूर्ण ध्यान ट्विटरमा दिएका कारण कम्पनीको सेयर नराम्ररी ओरालो लागेको छ। टेस्लाको सेयरमा आएको गिरावटको प्रत्यक्ष असर मस्कको सम्पत्तिमा परेको छ। फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार मस्कको सम्पत्ति १९४.८ अर्ब डलरमा झरेको छ।

माइक्रोब्लगिङ साइट ट्विटरसँगको सम्झौताको सुरुआतदेखि नै विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनीको सेयर घट्ने प्रक्रिया ४४ अर्ब डलरको यो सम्झौता फाइनल भएपछि पनि अहिले जारी छ। मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्लामा लगभग १५ प्रतिशत सेयरबाट आउँछ। 

अप्रिल २०२२ मा ट्विटर सम्झौता सुरु भएदेखि टेस्लाको बजार पुँजीकरण लगभग आधा भएको छ। जब कि मस्कको कुल सम्पत्ति ७० अर्ब डलरले घटेको छ। 

एक धितोपत्र फाइलिङअनुसार ट्विटर कम्पनीका नयाँ मालिक एलन मस्कले हालै टेस्लाको १.९५ किरोड सेयर बेचेका छन्। अहिलेको अवस्थामा ती सेयरको मूल्य करि ३.९५ अर्ब डलर हुन आउँछ। 

मस्कले टेस्ला इंकको सेयर बेचेको यो पहिलोपटक होइन। हालसम्म उनले कम्पनीको २० अर्ब डलरको सेयर बेचिसकेका छन्। यसअघि अप्रिल २०२२ र अगस्ट २०२२ मा उनले टेस्लाको कुल १५.४ अर्ब डलरको शेयर बेचेका थिए। –एजेन्सी