काठमाण्डौ । ज्योति विकास बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेञ्जर अशोसिएसनको सहकार्यमा जेठ ५ गते वैदेशिक मुद्रा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको प्रमुख आतिथ्यता तथा काठमाडौंमा रहेका मनि चेञ्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराए भने विदेशी विनिमय प्रमुख भिष्मराज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताएका थिए । 

सो अवसरमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताए । उनले प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह गरे । 

मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति केन्द्रीय बैंकका अधिकारीलाई आग्रह गरेका थिए।