काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । 

कम्पनीले सोलुखुम्बु जिल्ला सल्यानका बीमित अर्जुन कार्कीको मृत्युपश्चात् उनको हकवाला गिता कार्कीलाई बीमा दाबी वापतको ३ लाख १० हजार ८०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । 

मृतक बीमित कार्कीले २०७९ मंसिर २९ गते धुम्बाराही शाखामा बीमा गराएका थिए । गत असार १५ गते उनको मृत्यु भएको थियो । बीमित कार्कीले एक किस्ता मात्रै प्रिमियम बुझाएका थिए । कागजपत्र(डकुमेन्ट) पेश गरेको १० दिनमा नै दाबी भुक्तानी गरेको धुम्बाराही शाखा प्रमुख सविता केसीले बताइन् । 

शाखा प्रमुख सविता केसी, एमडीआरटी सुदिप श्रेष्ठ, आशिष लामा, एजेन्सी म्यानेजर दिल कुमारी श्रेष्ठले संयुक्तरुपमा बीमा दाबी वापतको चेक हस्तान्तरण गरेका हुन् ।