काठमाण्डौ । जब सबैभन्दा बलियो अर्थतन्त्र र मुद्राको कुरा आउँछ तब दिमागमा आउने नाम अमेरिका र अमेरिकी अर्थतन्त्र नै हो। तर, अब अमेरिकी डलरमात्र होइन पाउन्ड र युरो पनि पछाडि परेका छन्।

सेप्टेम्बरको त्रैमासमा अफगानिस्तानको मुद्रा ‘अफगानी’ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ। जुन आफैँमा अचम्मको कुरा हो। यो हुनु स्वाभाविक हो। किनकि तालिबान नेतृत्वको अफगानिस्तान विश्वको सबैभन्दा गरिब देश हो। त्यहाँका जनतालाई आधारभूत सुविधा अत्याधिक आवश्यक छ। त्यसो भए यो देशको मुद्रा तीव्रगतिमा अगाडि आउनुको कारण के हो त ? 

विश्व बैंकका अनुसार अफगानिस्तानका जनताले बाँच्नका लागि आवश्यक आधारभूत सुविधासमेत पाउन सकेका छैनन् भने अशिक्षा र बेरोजगारी पनि उत्कर्षमा छ। सन् २०२१ मा अफगानिस्तानमा तालिवान प्रवेश गरेपछि अवस्था झनै नाजुक बनेको छ। यसका बाबजुद अफगानिस्तानको मुद्रा अन्य मुद्रामाथि हावी भउको छ र सेप्टेम्बरको त्रैमासिकमा यसले विश्वका सबै मुद्रालाई पछाडि पारेको छ। 

ब्लुमबर्गको रिपोर्टअनुसार अफगान मुद्रा यस अवधिमा विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुद्रा बनेको छ। सेप्टेम्बर २६ सम्मको तथ्यांकअनुसार अफगानीको भाउ १ डलरको तुलनामा ७८.२५ रहेको छ। जहाँ अक्टोबर २ मा १ डलर ७७.७५११२६ अफगानी थियो। यद्यपि, विज्ञहरु यो अफगान मुद्रामा अल्पकालीन वृद्धि भएको विश्वास गर्छन्। यसका कारण अफगानिस्तानमा आर्थिक, सामाजिक र राजनीतिक अस्थिरता कायमै रहेको छ।

वार्षिक आधारमा हेर्दा अफगानी मुद्रा तेस्रो स्थानमा छ भने कोलम्बियाको मुद्रा पेसो पहिलो र श्रीलंकाली रुपैयाँ दोस्रो स्थानमा छ। फोर्ब्सका अनुसार सन् २०२३ मा विश्वको सबैभन्दा मूल्यवान मुद्राको कुरा गर्ने हो भने कुवेती दिनार यस सूचीमा सबैभन्दा अगाडि छ।

पछिल्लो त्रैमासमा अफगानी मुद्राको मूल्य ९ प्रतिशतले बढेको छ। ठूलो निराशाले घेरिएको अफगानिस्तानको मुद्रामा भएको यो वृद्धि अचम्मको छ। किनकि संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा गरिबी निकै चरम छ र देशका करिब ३.४ करोड जनता गरिबीमा बाँच्न बाध्य छन्। 

तालिबानले देशको मुद्रालाई बलियो बनाउन चालेका कदमले यसमा महत्वपूर्ण भूमिका खेलेको छ। अफगानिस्तानमा अमेरिकी डलर र पाकिस्तानी रुपैयाँ प्रयोग गर्न निषेध गरिएको छ। अफगानिस्तानमा अनलाइन व्यापार पनि अपराध मानिएको छ। त्यसो गर्नेलाई जेल सजाय हुन सक्छ। –एजेन्सी