Digital India
-शैली सिंह
नयाँदिल्ली । डिजिटल प्रविधिको प्रवेश हरेक दिनजसो हाम्रो जीवनमा बढिरहेको छ । सस्तो डेटा प्याकेजका कारण मनोरञ्जनदेखि लिएर किनमेल समेत डिजीटल भइसकेको छ । देशमा इन्टरनेट प्रयोगकर्ताको कुरा गर्ने हो भने मानिसहरु औसत ४ जीबी डेटा हरेक महिना प्रयोग गरिरहेका छन् । इन्टरनेट एण्ड मोवाइल अशोसिएसन अफ इण्डियाको एक अध्ययनले भनेको छ–‘स्मार्टफोनका नयाँ प्रयोगकर्ता सुरुवातमा इमेल तथा स्थानीय भाषाको कन्टेन्ट जस्ता निःशुल्क चिजहरुको प्रयोग गर्छन् । यसपछि करिब एकहप्ताभित्रै उनीहरु डिजिटल पेमेन्ट हुँदै अनलाइन सपिङसम्म पुगिहाल्छन् ।’
एशिया प्यासिफिक फर डिजिटल प्राक्टिसका अर्पण सेठले भनेका छन् कि आगामी ५ देखि ७ वर्षमा भारतका ६० करोड मानिसको साथमा स्मार्टफोन हुनेछ । यति मात्र होइन, त्यसबेलासम्म भारतको डिजिटल इकोनोमीको आकार बढेर १ खर्ब डलरको आँकडा समेत पार गर्नेछ ।
सेठले भनेका छन् कि यसका कारण बित्तीय सेवाहरु, रिटेल, मिडिया, ट्राभल, हस्पिटालिटी तथा हेल्थकेयर सेक्टर समेत तमाम क्षेत्रमा रोजगारीको नयाँ अवसर पैदा हुनेछ ।
गुुगलका दक्षिणपूर्वी एशिया तथा इण्डियाका भाइस प्रेसिडेन्ट राजन आनन्दले भनेका छन्–‘आगामी ५ वर्षभित्र भारतले इन्टरनेट प्रयोगकर्ताको क्षेत्रमा अनपेक्षित ग्रोथ हासिल गर्दैछ । एकपटक देशमा इन्टरनेट प्रयोगकर्ताको संख्या पर्याप्त भएपछि हरेक क्षेत्रमा यसको प्रभाव देख्न थालिनेछ ।’ तर, उनले सो अवधिमा पनि भारतको इन्टरनेटको कमजोर ब्याण्डविथ र प्रविधिमा सुधार भएन भने ग्रोथमा नकारात्मक असर समेत पर्नसक्ने आँकलन गरेका छन् ।
आगामी केही बर्षभित्र भारतको डिजिटल इकोनोमी कसरी अगाडि बढ्ला, हेरौं केही प्रक्षेपण:
तर, यस्ता छन् चुनौति
(इकोनोमिक टाइम्सबाट भावानुदित)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19